नेपालमा ३९० कोरोनाका सक्रिय संक्रमित

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १२ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना  र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । हात संस्थागत आइसोलेशनमा २७ जना, आइसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्