एकताका लागि अँगालो हाल्दा प्रचण्डले छुरा रोपे- केपी शर्मा ओली

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुराएको बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसावले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताउनुभएको हो ।

मुलुकलाई शान्ति र स्थीरता तथा बिकासको बाटोतर्फ अघि बढाउन अवको निर्वाचनमा एमालेले हार्न हुने उहाले बताउनुभयो । ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अव यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उहाको भनाई छ ।

अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरु मध्ये कसैले पनि एक्लाएक्लै चूनाव लड्ने आँट गर्न नसकेको तर्क गर्नुभयो । उहाले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफुलाई नै साधारण सदस्यबाट निष्काशन गरेको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेईमानी र धोका दिएको उहाको भनाई छ ।

कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका नेता यमबहादुर परियार लगाएतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्