बाबुरामकाे उपेन्द्र यादव लक्षित टविटः उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाऔं

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लक्षित टविट गर्दै उनलाई रोक्नु पर्ने बताएका छन् ।

उपनिर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु हुनु केही समय अघि टविट गर्दै बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन खोजेका यादवलाई रोक्नु पर्ने आशयको टविट गरेका हुन । यद्धपी उनले यादवको नाम भने उल्लेख गरेका छैनन ।

‘चुनाव केही वर्ष महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले टविटमा भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँ।’

उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बिच एकीकरण गरी मित्रता अघि बढेको थियो । तर, एकीकरणको प्रक्रिया अघि बढदै जाँदा जनता समाजवादी पार्टी नेपाल भएपछि आन्तरिक बिबादका कारण यादवसँग भट्टराई अलग्गिनु परेको थियो । गत मंशिर ४ को निर्वाचनमा यादव पराजय भए पछि हाल उनी बारा–२ वाट उपनिर्वाचनमार्फत संघीय संसदमा आउन खोज्दैछन् ।

उनी उपनिर्वाचन पछि संसदमा आउन खोजे पछि भट्टराईले उनलाई रोक्नु पर्ने आशयको टविट गरेका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्