काठमाडौं, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारसंग देश बनाउने भिजन र नियत नभएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले बिभिन्न दलहरु मिलेर बनेको सरकारसंग कुनै नीति र योजना नरहेको भन्दै देश बनाउने उदेश्य नरहेको बताउनुभयो ।
उहाले अहिले मन्त्रीलाई मात्र नभई प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई बिभिन्न शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताउनुभयो ।
अहिलेको अवस्थामा देश बनाउने अभिभारा एमालेको काँधमा रहेको भन्दै आगामी निर्वाचनको तयारी अहिले देखिनै गर्नुपर्ने उहाले बताउनुभयो । ओलीले स्वार्थका आधारमा चल्नेहरु र इमान नभएकाहरुसंग कुनैपनि अवस्थामा एकता र गठजोर हुन नसक्ने जिकिर गर्नुभयो ।
दुई बर्ष अघि नै पार्टी कव्जा गरेर एमालेलाई सिद्धाउने खेल रचे पनि पार्टीलाई पुनर्गठन गरेर अहिले एमाले प्रमुख पार्टी बन्न सफल भएको ओलीले बताउनुभयो ।
ओलीले एमालेले हालैको निर्वाचनमा हाँसिल गरेको सफलता अझैपनि चिक्तबुझ्दो नभएको भन्दै राष्ट्रिय शक्ति निर्माणको लागि पार्टीले मिसन ग्रासरुट चलाएको पनि बताउनुभयो ।












