नेविसंघका असन्तुष्ट पक्षले १२ औं महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेताहरुको ध्यानाकर्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ चैत । नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले १२ औं महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिमा सहभागी हुन पुगेका कांग्रेस नेताहरुलाई नेविसंघका असन्तुष्ट विद्यार्थीहरुले १२ औं महाविधेशनको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएका हुन् । म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले पार्टी कार्यालयमा रिले अनशन गरिरहेका छन् ।

उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठि खारेज हुनुपर्ने, १२ औ महाविधेशनको सुनिश्चित गरिनुपर्ने भन्दै नारावाजी गरेका थिए भने कांग्रेस नेताहरुले असन्तुष्ट पक्षको मागलाई गम्भीर रुपमा लिएको बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्