सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको एमालेको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाउनुभयो ।

उहाले प्रधानमन्त्री माओवादी केन्द्रको रहेको र माओवादीको राजनीतिक दस्तावेज पढ्दा कही पनि संसदीय व्यवस्था स्वीकार गरेको नदेखेको भन्दै संसदीय व्यवस्था नस्वीकारे कै कारण संसद्को मर्यादा बढाउन चासो नगएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । सरकारको अकर्मण्यताकै कारण आज संसदप्रति बिभिन्न टिकाटिप्पणी हुन थालेको उहाको भनाइ छ ।

पन्तले संसद्लाई प्रभावकारी बनाउने, समयमा विधेयक प्रस्तुत गर्ने लगाएतका काम प्रधानमन्त्री र मन्त्रिपरिषद्को भएकाले संसदीय गरिमा कायमका लागि सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्