बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

खबर बुक
  • ख-
  • ख+

१५ चैत, काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।

यसअघि हिजो  मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक विनानिष्कर्ष टुङ्गीएको थियाे ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् बिस्तारका लागि मन्त्रालय बाँडफाँटका बिषयमा दलहरुबीच सहमति जुट्न नसकेको हो ।

बैठकमा आफुहरुले पाउने मन्त्रालयका बिषयमा दलहरु आ–आफ्नै अडान प्रस्तुत गरेका थिए । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र त्यसमाथि बुधबार थप छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाले सरकारलाई छिटो पूर्णता दिने बिषयमा छलफल भएपनि ठोस निष्कर्ष निस्कन नसकेको जानकारी दिनुभयो । लेखकले दलहरुबीच विवाद नरहेको र छिटै सरकार विस्तार हुने दावी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्