महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पु–याइयो

खबर बुक
  • ख-
  • ख+

लन्डन, २९ भदौ।।महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ ।
स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैँजादा भव्य स्वागत गरिएको थियो ।

 महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने छ । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ।

अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्