नेपालले मानविय सहायता स्वरुप २२ टन राहत सामाग्री पाकिस्तानलाई दियो 

न्युज कारखाना
  • ख-
  • ख+

नेपालले मानविय सहायता स्वरुप २२ टन राहत सामाग्री आज पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले ती सामाग्री पाकिस्तानको कराँची गई सिन्ध प्रान्तका समाज कल्याणमन्त्री साजिद जोखियोलाई हस्तान्तरण गरेकी हुन् ।

पछिल्लो दिनमा बाढीले पाकिस्तानका ठूलो जनधनको क्षति गरेपछि नेपालले उक्त राहत सामाग्री पठाएकाे हाे ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानविय सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम आज २२ टन सामाग्री पाकिस्तानलाई हस्तान्तरण गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्