लागुऔषधसहित धनुषामा दुई पक्राउ

खबर बुक
  • ख-
  • ख+

जनकपुर, ६ चैत । लागुऔषधसहित दुई जनालाई  पक्राउ परेका छन ।

मिथिला नगरपालिका–६ ढल्केवर चौकमा प्रहरीले चेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका हुन । यसरी पक्राउ पर्नेमा जमुनिवासका ३५ वर्षीय मनोजकुमार महतो र २२ वर्षीय सुजितकुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नियमित चेकजाँच गर्ने क्रममा ढल्केवरवाट बर्दिबास जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन ।  प्र २–०२–००३ प ७८७७ नंको मोटरसाइकलमा जुटको बोरामा राखि ल्याएको प्रतिबन्धित लागुऔषध एक्सिप्लोन १०० एमएलको ९८ बोतल र नाईट्रोजम्पा ७३० पिस बरामद भएको छ ।

पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्