डोटी बहुमुखी क्याम्पसको निर्वाचन बीचैमा रोकियो

न्युज कारखना
  • ख-
  • ख+

डोटी, ५ चैत । डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित भएको हो ।

मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले बताए ।

मतदाताको परिचयपत्रसमबन्धी सामान्य विवाद भइरहेकै समयमा केही व्यक्तिभित्र प्रवेश गरी मतपेटिका तोडफोडको कँडेलले जानकारी दिए । करिब ७५ प्रतिसत मतदान सम्पन्न भइसकेको अवस्थामा विवाद भएको निर्वाचन समितिले जनाएको छ ।

डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या ८०९ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्