इन्टरनेशनल क्रिमिनल कोर्टले जारी गरयो रुसी राष्ट्रपति बिरुद्ध पक्राउ पुर्जी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ चैत । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

बिबिसीका अनुसार आईसीसीले बालबालिकालाई गैरकानुनी रुपमा रुसवाट युक्रेन पठाएको आरोप लगाउँदै पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको हो । उ

रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । पक्राउ पुर्जी जारी भए पछि रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले छोटो प्रतिक्रिया दिदै भनिन, ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन, यो चर्चाका लागि ल्याईएको एउटा फन्डा मात्रै हो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्