१० दलिय नेताहरुले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाइ प्रयोग गरेको छ : केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ३० । उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेले मंगलबार ललितपुरमा आयोजना गरेको संघ तथा प्रदेशका सांसदहरुसंगको छलफल कार्यक्रममा ओलीले संविधानको अक्षरमा त्रुटी हुन सक्ने भन्दै सभामुख उपसभामुख र राष्ट्रपति उपराष्ट्रपति मध्ये एक महिला हुनुपर्ने भावना संविधानको रहेको तर सत्ता गठबन्धनले त्यसलाई वेवास्ता गर्दै संवैधानिक व्यवस्था मिचेको आरोप लगाउनुभएको हो ।

अहिले १० दलिय नेताहरुले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाइ प्रयोग गरेको उहाको भनाइ छ । उहाले संविधानको व्याख्या सम्बन्धी प्रश्न सर्वोच्चको संवैधानिक इजलासले हेर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार पुरुष महिलाको सन्तुलन मिलाउनु अनिवार्य रहेको उहाले बताउनुभयो ।

त्यस्तै ओलीले उपराष्ट्रपति पदमा एमालेले जित्ने आधार भएको भन्दै त्यसका बारेमा अहिले चर्चा गरे समिकरण भत्किन सक्ने बताउनुभयो । ओलीले गठबन्धन भित्र अनेक प्रकारका समस्याहरु रहेको र एमालेभित्र कुनै समस्या नरहेकाले पनि उपराष्ट्रपतिमा एमालेका उम्मेदवारको बिजय हुने जिकिर गर्नुभयो ।

ओलीले अरु निजी स्वार्थका लागि केन्द्रीत भएपनि एमाले सवल राष्ट्रिय शक्ति स्थापीत गर्नका लागि लागेको धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्