बुद्धिसागरको उपन्यास ‘एक्लो’ लाई फर्केर हेर्दा

खबर बुक
  • ख-
  • ख+

बुद्धिसागरको तेस्रो उपन्यास ‘एक्लो’  पढेर सकियो।  सहरमा एक्लो हुनुको अर्थ रहेछ आफु हराउनु तर कसैले पनी नखोज्नु ।

हो भौतारिंदै कल्पना गर्दै केही बर्ष कोसिसमा विते, केही महिना छटपटिँदा केहि दिन मौनतामा केहि घण्टा उत्साहमा, केहि मिनेट सम्भावना र केही सेकेन्ड प्राप्तीमा वित्नेछन्न भनें जस्तै भयो भने बादल का खुट्किला टेक्दै मेरो घर जाने दिन आउनेछ ।

घर देखी टाढा काठमाण्डौमा आफ्नो मन भरिको ठूलो सपना बोकेर सपनालाई साकार पार्नको लागि बिरानो ठाउँ मा उच्च शिक्षा अध्ययन गर्नकालागि सडकका गल्लि गल्लिमा भौतारिंदै आफ्नो लक्ष्य पूरा गर्न हिड्ने हरुको हजारौ “सिरि” हरुको कथा हो ।

हो जिन्दगी मा भनेको झैं मिल्न गयो भने रोटी झैं भुक्क माथि उठ्ने हो ,भने झैं घरको प्वाल पारेको खरको छानो फेरेर राम्रो जस्ताको छानो हाल्नु छ ।
आमाको फाटेको लुङी र चोलो लागि नटाली नयाँ राम्रो गुनु किन्नु छ । बाबाको च्यातिएको पतलुङ लाई नयाँ राम्रो पाइन्ट किन्नु छ ।
गाउँघरमा पढदैन काम नलाग्ने हुनेभयो भन्ने तल्ला घरे अंकल र पल्ला घरका ठुला बाबा माथिल्लो घरका जेठा अंकल आफूले पढेको अहमतामा वोल्ने लाई गाउँघर टोलका लाई पढेर ठूलो मान्छे हुनु छ भन्दै, विभिन्न सपना बोकि आफ्नो जन्म घर छोडी बिरानो ठाँउ जहाँ कोई छैन ,आफ्नो पन मन् दिने हजारौँ सपना लाई सजाउन दिनमा कल्पना गर्दै रातमा सपना देख्दै कण्ठमाडौंका गल्ली गल्लीमामा पुग्ने विद्यार्थीहरु र युवाहरूको कथा हो ।

आफु बस्ने काेठामा एक छाक खाने पैसा नभएर सडकमा फालेको फोहोरको थुप्रोमा आफ्नो पेट पाल्न खाना खोजिरहेको मान्छे हरुको कथा हो । हो पढ्ने बेलाको समयमा घर बाट पैसा समाय मै न आँउदा घर बेटि बा ले कोठा बाट निलक्दिने र रात कटाउन फोहोरको थुप्रो थुप्रोलाई खुल्ला आकाशको  छानो बनाएर पुल मुनिका कतै कुना काप्चामा रात बिताउने हजारौ “सिरि” जस्तायुवा हरुको कथा हो ।

सहरमा एक्लो हुनको अर्थ यही रहेछ भ्रमकाे संसार बाट निकाली दिने कोई नहुने रहेछ ,जस्तै अनकन्टार जङ्गलमा अलपत्र परेर बाटो नभेटिए रिगाटा आइरहेको बेला टाढा टाढा ढलेको रुख पनि बाटो जस्तो लाग्दोरहेछ ।  हो रेडियो को मीठो आवाजकाे भरमा सपनामा सजाउँदै काठमाण्डौको गल्ली गल्लीमा बागबजार ,पुतलीसडक ,मैतीदेवी, कालिकास्थान, र ठमेल को कली क्याफे सम्म भौतारिंदै हिड्ने सूर्य भन्दा आशाका किरण चम्किला र न्यानो हुन्छन् भनेझै, आशा नै आशाले तड्पाएर फन्फनी माया प्रेममा परेर संसार नै हो भने गरि घुमाइरहेको कथा हो ।

सपना पनि बेला बेलामा गोड मेल गरि राख्नु पर्ने रहेछ नत्र त्यसमा अनावश्यक झार पलाउने रहेछन भने जस्तै ,ठूला ठुला सपना बोकी प्रदेश तथा सात समुन्द्र पारिका कतै खाडी देश वा कोरिया जापान यूरोप अमरिका लगायत विश्वका एक सय भन्दा बढी देशहरुमा आफ्नो सुन्दर सपना र सुनौलो भविष्य लाई सजाउँदै आफनो जन्मघर जन्म भूमि लाई चटक्क छोडेर हिँडिरहेका युवाको कथालाई समेटिएर बनाएको हजारौ “सिरि” हरुको कथा हो ।

द गूड को अर्थ जस्तै आफनो झीनो लक्ष्य पूरा गर्न काम, उच्च शिक्षा र अन्ने विभिन्न वाहनाम विदेश का चिल्ला सडकका गल्लि गल्लिमा काम गर्ने ठाउँमा कूनै न कुनै बहानामा साहूले तथानाम गाली गलौज गरी निकालिदिएर एक छाक खानखाने पैसा र सुत्ने ठाउँ नपाई सड्क छेउँका कुना काप्चाका पार्कमा आकासका नौलाखे तारा हरूलालाई सजाएर आफ्नो सुन्दर महल मानी रात बिताइरहेका कसै कसैलाई मृत्यु मारणसैय हुने अवस्थामा पुगेका हजारौ विदेशीयका युवा हरुको समेटिएको कथा हो ।

एक्लो “सिरि” को मात्र कथा होइन, एक्लो हरेक व्यक्ति को कथा हो । काठमाण्डौको सडकका गल्ली गल्लीमा रिङ रोड भित्र फनफनी घुमी रहनुहुने सम्पूर्णको  आफ्नो नाम खोज्न हिड्ने हरुको कथा हो।
जीवनका अनेकौं उतारचढावका बावजूद भविष्यमा सुख मिल्ने आशाले राजधानीको सुख चिन्न र दुःख भोग्न तयार रहने हरेक पात्रको समेटिएर बनाएको कथा हो ।

शहरमा एक्लो हुनुको अर्थ रहेछ मध्यरातको चिर एकान्तमा आँसुले पनि साथ छाड्नु रहेछ ।
“एक्लो” 📚
सबैले टड्कारै सुन्नेगरी टाढैबाट उसले भनेका कुराहरु त यस्ता मिठा छन भने म भन्न सक्दिन उसले मेरो कानमा सुटुक्क भनेका कुराहरु कति मिठा छन होलान् । “एक्लो”📚
म सहरमा ‘एक्लो’ हुँला । तर संसारमा ‘एक्लो’ छैन । यो सहरको जुन बाटो हिँडेर गए पनि त्यसको टुप्पो मेरै आँगनमा जोडिन्छ । “एक्लो” 📚

मानव सम्बन्धको कथा हो, माया ममता प्रेम संगै भौतारिएको कथा हो, मानवताको कथा हो।

आशा भरोशा अनि विश्वासको कथा हो ।  विश्वास आफूप्रतिको, विश्वास अरुप्रतिको पनि जस्ता गहकिला शब्दले सजिएको संपूर्ण चित्रण गर्न खोजिएको कथा हो ।
समग्रमा भन्नु पर्दा  एक्लो , मेरो, तपाईंको , अनि हामी सम्पुर्ण र सबैको कथालाई समेटेर उजागर गर्न खोजिएको छ  । सम्पूर्ण समाज भित्रका जो होहल्ला मा छन र आफु भित्र विराट एक्लो पन बोकेर हिँडिरहेका छन तिनीहरु लाई समेटिएर बनाएको कथा हो

कैलालीमा जन्मिनु भएका बुद्धिसागर का चर्चित उपन्यास अघिल्ला दुई पुस्तक ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ पछिको चर्चित लोकप्रिय उपन्यास “एक्लो” हो ।

दिपक सुवेदी विप्लव
हाल टोक्यो यकोहामा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्