सन्दीपले जमैकाबाट ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ‘द सिक्स्टी’ प्रतियोगिता खेल्ने भएका छन् ।वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैका तलाबाजले सन्दीपलाई टिममा राखेको हो ।

प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने यस प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म संचालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ३ टोलीको सहभागिता रहने छ ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी लिगका लागि अनुबन्ध गरेको थियो । तर, सीपीएल आयोजना हुनु अघि आयोजना हुने द सिक्स्टीका लागि सन्दीपलाई जमैकाले टिममा राखेको हो ।

जमैकाले सीपीएलका लागि अनुबन्ध गरेको सन्दीपसहित पाँच विदेशी खेलाडीले पनि प्रतियोगितामा प्रवेश पाउने भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्