
नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ ।
उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ ।
उहाँले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ । ली पर्सि बिहीवार फर्किनु हुनेछ ।
६७ जनाको टोलीको नेतृत्व गर्दै हिजो नेपाल आइपुगेका जनकंग्रेस स्थायी समितिका अध्यक्ष लीले हिजै सभामुख अग्निप्रसाद सापकोटासित भेटवार्ता गर्नुभएको थियो ।