पहिलो लिम्पिया फुड फेस्टिभल हुँदै !

खबर बुक
  • ख-
  • ख+

लिम्पिया नेशनल कलेजको आयोजनामा ‘पहिलो लिम्पिया फुड फेस्टिभल’ हुने भएको छ।
श्रावण १३ गते हुने उक्त फेस्टिभल मुख्यतः परोपकारी भावनाका साथ सामाजिक उत्तरदायित्वलाई जोड्ने हेतुले आयोजना हुन लागेको लिम्पिया स्कुल एवम् कलेजका प्रधानाध्यापक मदन राज रेग्मीले जानकारी दिए ।

उनले भने, ‘प्राइभेट भन्ने बित्तिकै व्यापार मात्र नभै आर्थिक सामाजिक कारणले पछाडि परेका व्यक्तिहरूको उत्थानका लागि पनि काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो तसर्थ यो फेस्टिबलबाट सङ्कलित रकम त्यही क्षेत्रमा काम गर्नेछौ।’

फेस्टिभलमा कलेजले सम्पूर्ण विद्यार्थी र उनीहरूका अभिभावकहरूसहित उपस्थित अन्य व्यक्तिहरूको समेत निःशुल्क आँखा जाँच शिविर समेत सञ्चालन गर्ने बुझिएको छ।

उक्त फेस्टिभलमा कलेजले आफ्नो अत्याधुनिक सेवा सहितको होटेल म्यानेजमेन्ट ल्याब समेत उद्घाटन गर्ने बताएको छ ।गोकर्णश्वर भेगमा म्यानेजमेन्ट विषय अन्तरगत होटेल म्यानेजमेन्ट ल्याब विरलै पाइन्छ तथापि विद्यार्थीमा दिने गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगर्दै उक्त कलेजले भने कुनै पनि समयमा विद्यार्थीका लागि होटेल म्यानेजमेन्ट ल्याबको व्यवस्था गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्