यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमयदर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा  र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८ पैसा  र बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ २५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ९७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८ पैसा र बिक्री भने ८८ रुपैयाँ ४८ पैसा कायम गरिएको छक्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५८ पैसामा कारोबार भइरहेको छ।यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ।

मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २० पैसा र बिक्रीमा २९ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १ पैसा छ भने  बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३९ पैसामा किनबेच भईरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्