होलीको क्रममा भक्तपुरमा १८ जना पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

भक्तपुर, २३ फागुन । होलीको क्रममा भक्तपुरमा सोमबार १८ जना मानिसहरु पक्राउ परेका छन् ।

साथै एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार होलीको क्रममा कुनै अप्रिय घटना भने हुन भएन ।  उनका अनुसार भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको उनले जनाए । होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँं ठाउँंमा सवारी चेकिंग गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्