लागूऔषधसहित अत्तरियाबाट एक महिला पक्राउ

न्युज कारखाना
  • ख-
  • ख+

धनगढी, २१ फागुन । कैलालीमा गोदावरी नगरपालिकाको अत्तरियामा किराना पसल सञ्चालन गर्दै आएकी एक महिला लागूऔषधसहित पक्राउ परेकी छन् ।

गोदावरी नगरपालिका–१ अत्तरियामा तरकारी बजार नजिक किराना पसल सञ्चालन गर्दै आएका ५४ वर्षीया कुसुम भट्ट अवैध लागूऔषधसहित पक्राउ परेकी हुन् ।

उनी ३१ ग्राम लागूऔषधसहित शनिबार साँझ पक्राउ परेकी हुन्। उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागूऔषधसहित उनलाई पक्राउ गरिएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्