समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिकाबारे स्पष्ट पारेको छ ।

आयोगले यसअघि नै असोज २ र ३ गते बन्दसूची पेस गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ ।

सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्त र कानुन बमोजिम आवश्यक कागजात अनिवार्य रुपमा पेस गर्न आयोगले दलहरुलाई आग्रह गरेको छ ।

कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आयोगले आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको जनाएको छ ।

बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरुलाई आग्रह गर्नेछ । आयोगको सुझावबमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्