सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ मा एफसी खुमलटारको विजयी सुरुआत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन १९ । सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ मा नवप्रवेशी एफसी खुमलटारले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले बिजयी सुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले ८९ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । लिगमा शनिबार तीन खेल हुनेछन् ।

डबल राउण्ड रोबिनका आधारमा हुन लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख तथा तेस्रो हुने टोलीले २५ रुपैयाँ प्राप्त गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्