मुगुमा पावर हाउस बनेकाे दुई दशक नाघ्याे तर बत्ति बलेन्

खबर बुक
  • ख-
  • ख+

मुगु १६ फागुन । जिल्लाको मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना एक दशक बढि  बिति सक्दा पनि हाल सम्म बल्न सकेको छैन ।

२०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको करिब २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हालसम्म सञ्चालनमा आउन नसक्दा बत्ति नबलेकाे हाे ।  यो जलबिधुत आयोजना बाट २५ किलो वाट बिद्युत उत्पादन गर्ने क्षमता रहेको दुई वटा माँग्री र मह गाँउमा बस्ने ३ सय भन्दा बढी घरधुरीलाई लक्षित गरी निमार्ण गरीएको थियो ।

उक्त आयोजना बाट करोडौं रकम हिनाबिना भएको र टाठा बाठाहरुले मात्र उपभोक्ता समितिमा बसि मागि खाने भाडो बनाएको बताईएको छ । साबिकको जिल्ला बिकास समितिको कार्यालय मुगु अन्तरगर्त रहेको दुर्गम बिकास क्षेत्रबाट सञ्चालीत यस च्याप्नेगाढ साना जलबिधुत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको थियाे ।

राधा कन्टक्सनले कुनै काम नगरेको सामान आयोजना स्थलमा नपुराएको भष्टचार गरेको भन्दै पुनः आफ्नो अध्क्षयतामा नयाँ समिति गठन गरी  काम सुरु गरे पनि अघि बढन नसकेकाे  कोषाध्यक्ष पाद्मा नाङगेल लामाले बताए । उनका अनुसार साे अायाेजना बनाउन दाताहरुकाे खाेजी गरिएकाे ५।२०५८ साल बाट यस आयोजना सुरु भए पनि पछिल्ला २० बर्षामा  धेरै समिति हेरफेर भैसकेका छ तर विद्युत निमार्ण हुन सकेको छैन । विद्युत निमार्णको लागी भएको खर्च २६ लाख दुर्गम बिकास कोषको, साबिकको माग्री गाबिसको ५ वडा देखी ९ बडा सम्म लक्षित कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायू परीवर्तन कार्यक्रम लापाको ९ लाख १० हजार, संसद बिकास कोष लगायत अन्य बिभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलबिधुत आयोजनाको २० लाख रकम गरि जम्मा १ करोड १४ लाख भन्दा बढि रकम खर्च भई सकेको छ ।

विधुत पावर हाउसमा मात्र केही दिनको लागी मात्र बत्ति बलेकाे तर गाँउमा भने जनताहरु अन्धकारमा नै बस्नु परेकाे छ । बिधुत नवल्दा बिशेष गरेर बालवालिकालाई पठनपाठनमा प्रभावित भएका छन् भने वृद्धवृद्धाहरु लाई पनि झन सास्ती हुने गरेको स्थानियकाे भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्