पुरुष क्रिकेट आन्तर्गत आज चार खेल हुँदै

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको चौंथो दिन आज चार वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछन् भने मुलपानी मैदानमा पनि दुई खेल हुनेछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रदेश १ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान ९ ः १५ मा सुरु भएकाे छ ।

त्रिविमा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १ ः १५ मा सुरु हुनेछ ।

यस्तै मुलपानी मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र एनआरएनए एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

बागमती र एनआरएनएबीचको खेल बिहान ९ ः १५ मा सुरु भएकाे छ ।

मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १ ः १५ बजे सुरु हुनेछ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।

प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्