एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दै

खबर बुक
  • ख-
  • ख+

एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ । श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो ।

पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी–२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान एक खेलमा विजयी भएको छ ।

गएको ११ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, हङकङ र बङ्गलादेश सहभागी थिए ।

समूह ‘ए’ बाट पाकिस्तान र ‘बी’ बाट श्रीलङ्का शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्