गठबन्धनलाई बचाएर निर्वाचनलाई सम्पन्न गर्ने दायित्व आफ्नो भएको गृहमन्त्री खाँणको भनाई

खबर बुक
  • ख-
  • ख+

गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा बृहत तरुण भेला उद्घाटन गर्दै खाँणले गठबन्धनलाई कायम राखेर आम निर्वाचन सुनिश्चित र सुरक्षितका साथै शान्ति सुरक्षा सहित सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताउनुभएको हो । उहाले अहिले गठबन्धन तोड्ने निर्णय कांग्रेसले नगर्ने भन्दै गठबन्धनको बिषयमा गलत प्रचारका साथ कांग्रेसका कोहि पनि नेताले भाषण गर्न नहुने धारणा राख्नुभयो ।

त्यस्तै उहाले देशका सवै तहमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु रहेकाले सिट बाँडफाँट गर्दा आफ्नो प्रभाव बढि भएको क्षेत्र नगुमाउने गरि बुद्धिमतापूर्वक कांग्रेसले अडान राख्नुपर्ने बताउनुभयो । संविधानलाई कार्यान्वयन गराउने प्रमुख दायित्व कांग्रेसको भएकाले सवै दललाई लिएर अघि बढ्ने दायित्व पनि काग्रेसको भएको उहाले बताउनुभयो । खाँणले गठबन्धनका अर्को दलको उम्मेद्वारलाई जिताउने चूनौति पार्टीमा रहेको बताउनुभयो ।

उहाले भोट ट्रान्सपर जस्तो चूनौतिपूर्ण काम गठबन्धनका अन्य दललाई पनि रहेकाले यसलाइ सफलतापूर्वक सम्पन्न गर्ने उल्लेख गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्