नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएका तीनवटै खेल बर्षाका कारण प्रभावित

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएका तीनवटै खेल बर्षाका कारण प्रभावित भएका छन् ।

वर्षाका कारण मैदान भिजेपछि तीनै खेल रद्द भएको हो । कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफबीचको खेल रद्द भएको हो । त्यस्तै टियुमै शनिबार हुने भनिएको गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीचको खेल पनि रद्द भएको छ भने मुलपानी मैदानमा हुने भनिएको मधेश प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल पनि रद्द भएको छ । खेल रद्द भएपछि १–१ अंक बाढिएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो तर खेलहरु बर्षाका कारण प्रभावित हुँदै आएका छन् । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्