दूतावास पुगेर प्रधानमन्त्री देउवाद्धारा बेलायती महारानीको निधनप्रति दुःख व्यक्त 

  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएकाे छ ।
साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेख्नुभएकाे छ ।
महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उहाको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्