नयाँ पार्टी खोलेर दुई वर्ष पनि टिकाउन नसक्नेले देश विकास गर्छु भन्न सुहाउदैनः नेता सिंह

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नहुने टिप्पणी गरेका छन् ।

आज बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उहाले दुई वर्षसम्म पार्टी टिकाउन नसक्नेले देश विकास गर्छु भन्नु नहुने टिप्पणी गर्नुभयो । पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै उहाले पार्टी टिकाएर देखाउन चुनौती दिनुभयो ।

देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने उहाको भनाइ छ । उहाले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरूसँग आग्रह गर्नुभयो ।

उहाले देश विकास गर्न पुराना कांग्रेस र कम्युनिष्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरूले कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो ।

उनले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ? भन्दै प्रश्नसमेत समेत गर्नुभएका् छ । उहाले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताउनुभयो ।

उहाले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरूले संघीयताका कानून नबनाइँदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्