स्रोत नखुलेको सम्पतिलाई बैद्यता नदेउः कमल थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति बैद्य बनाउन सरकारले ऐन संसोधन गर्न लागेको प्रति आपत्ति जनाएका छन ।

सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संसोधन गरेर स्रोत नखुलेको सम्पति बैद्य बनाउनु भनेको भ्रष्टचार र ब्रम्हलुटलाई बैद्यता दिन खोजिएको बताएका हुन । ‘देश अहिले भ्रष्टाचारको महारोगबाट अक्रान्त छ, यसैबिच स्रोत नखुलेको सम्पति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो,’ उनले भनेको छन, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्