एएफसी २० वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज भुटानको सामना गर्दै

खबर बुक
  • ख-
  • ख+

२० वर्ष मुनिको एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

खेल बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा राति ८ ः ४५ बजे हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि नेपाल तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

तीन महिनादेखि प्रशिक्षण गरिरहेका कारण प्रतियोगिताका लागि टोली तयार रहेको प्रशिक्षक केसीको भनाइ छ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ ।

समूह ‘बी’ मा नेपालसहित घरेलु टोली बहराईन, भुटान, कतार, बङ्गालादेश पनि छन् । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्ष मुनिको एसियन कपमा स्थान बनाउने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्