कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु

खबर बुक
  • ख-
  • ख+

नदीमा डुबेर गोदावरी नगरपालिका ८ कैलालीका एक किशोरको मृत्यु भएको छ ।

गएराति ८ बजेतिर नुहाउने क्रममा स्थानीय खुटिया नदीले बगाउँदा १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोस्ट स्याउलेबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दा नदीबाट अन्दाजी १५० मिटर दक्षिण नदीको किनारमा मृत अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्