विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ माघ । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ।  नेपालसहित संसारभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउदै आएको छ ।

अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अहिले दिनप्रतिदिन विज्ञानको महत्व अत्यन्त बढेको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्न यो दिवस मनाइनुको खास उद्देश्य हो ।  जबसम्म विज्ञानमा महिलाको समान पहुँच र उत्साहजनक सहभागिता हुँदैन, तबसम्म महिला–पुरुषबीचको असमानताको अन्तरलाई घटाउन सकिँदैन भन्नेमा नारीवादीहरू सहमत छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्