काठमाडौं, माघ २५ । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ ।
आयकर समबन्धि विवादमा भारतको सर्वोच्च अदालतले करिब एक महिना अघि सिक्किमका नेपाली भाषीलाई विदेशी मूलका नागरिक भनेको थियो ।
सर्वोच्चको फैसलाविरूद्ध सिक्किममा पछिल्लो समय आन्दोलन चर्किएको थियो ।सिक्किम राज्य सरकारले नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै रिट हालेको थियो।
रिटमाथि न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउने भएको छ । फैसललामा लेखिएको ‘विदेशी मूलका आप्रवासी नागरिक’ शब्द हटाउने आदेश सर्वोच्चले दिएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।











