प्रधानमन्त्री देउवाद्धारा महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले उहाँको निधनको खबरबाट आफूलाई निक्कै दुःखित बनाएको बताउनुभएको छ । उहाँको निधनले नेपाल र नेपाली नागरिकले एक महान प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ ।

साथै उहाँले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भन्नुभएको छ ।

महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्