नेपालको मानव विकास सूचकाङ्क खस्कियो

खबर बुक
  • ख-
  • ख+

नेपालको मानव विकास सूचकाङ्क खस्किएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१ र २२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकाङ्क खस्किएको उल्लेख छ ।

प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ० दशमलव ६०२ रहेको छ । सन् २०१९ मा ० दशमलव ६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ० दशमलव ६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ० दशमलव ६०१ थियो ।

दक्षिण एसियाली देशमा नेपाललगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क घटेको देखिएको छ । पाकिस्तान र माल्दिभ्सको मानव विकास सूचकाङ्क सन् २०२० मा घटेको भए पनि अहिले केही सुधार आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्