काठमाडौं, १३ माघ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा शुक्रबार अपरान्ह ३ः५९ बजे बैठक बस्न लागेको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक–२०७९ लाई दफावार छलफलका लागि पेश गर्ने कार्यसूची छ।











