वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ भदौ । हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ ।

इन्द्रजात्रा पर्वअनुुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।

जसअनुुसार बुधबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो भने बिहीबार वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो ।

यस वर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ । यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्