
साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ ।
श्रीलङ्काको कोलम्बो रेस कोर्स ग्राउण्डमा राति भएको खेलमा भुटानलाई २÷१ गोल अन्तरले हराएको हो । जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ । यो खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।