कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

धनगढी, ६ माघ । कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो ।

आज बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्