पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं ल्याउने तयारी

खबर बुक
  • ख-
  • ख+

पोखरा, २ माघ ।आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं ल्याउने तयारी भएको छ ।

सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन । उनका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो ।

शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएका छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्