हैजा र डेंगु रोगको प्रकाेप राेक्न प्रभावकारी कदम चाल्न प्रकाशमान सिंहकाे आग्रह

खबर बुक
  • ख-
  • ख+

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले हैजा र डेंगु रोगको प्रकाेप बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउनु भएको छ ।
नेता सिंहले आज संसद्को शून्य समयमा बोल्दै हैजा र डेंगु रोगको प्रकाे राेक्न प्रभावकारी कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हाे ।
साथै नेता सिंहले दसैं लगायत महत्त्वपूर्ण चाडपर्व सुरु हुन लागेकाले बजार अनुगमन र महँगी नियन्त्रणका लागी विशेष ध्यान दिन पनि सरकार समक्ष आग्रह गर्नु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्