काठमाडौं, १९ पुस । आज मंगलबार सुनचाँदीको भाउ बढेको छ।
सोमबार प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।











