काठमाडौं, १९ पुस । नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ ।
संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार आज दुवै सांसदले दिउँसो १२ः३० बजे संसद सचिवालयमा ज्येष्ठ सदस्य पशुपति शमशेर जवराबाट शपथ लिनुहुनेछ ।






