सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै

खबर बुक
  • ख-
  • ख+

सत्ता गठबन्धनले सिट बाँडफाँटको टुङ्गो लगाउन गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ ।

कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले बैठक साँझ ६ बजे बस्ने तयारी भएको बताउनुभयो । हिजो दिनभर बसेको बैठकमा कुनै सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने तयारी छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

सङ्घ र प्रदेशको खाकासहित सिट सङ्ख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने उहाँले बताउनुभयो ।

८३ वटा सिट नेपाली काँग्रेस र बाँकी सिटमा अन्य दललाई दिने गरी सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्