काठमाडौं, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ ।
सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । तर नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई सर्मथन गर्ने बताएका छन् ।
एमाले र माओवादीको अग्रसरतामा गठन हुन लागेको नयाँ सरकारमा राप्रपा नजाने भएको हो।






