माधव नेपाल अस्पतालबाट शपथका लागि संसद भवन जाने, त्यसपछि फेरि अस्पतालमै फर्किने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ पुस । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् ।

रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर उपचार गराइरहेका उनी शपथ ग्रहणका लागि भने बिहीबार संसद भवन जान लागेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्