नेपाल र केन्याबीचको अन्तिम एकदिवसीय आज

खबर बुक
  • ख-
  • ख+

नेपालले आज घरेलु टोली केन्याविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय आज हुँदैछ ।

नेपाल र केन्याविरुद्धको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १२ ः ४५ मा सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ ।

तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ । यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३–० ले आफ्नो बनाउन चाहन्छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्