सिट बाँडफाँडको खाका तयार पार्न गठबन्धनको कार्यदलको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दै छ।

बैठक दिउँसो १ बजे बस्ने तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे।

हिजाे अपराह्न बसेको गठबन्धन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेपछि सिट बाँडफाँडको खाका बनाउने जिम्मा पुनः कार्यदललाई नै दिइएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी काम गर्न कार्यदललाई निर्देशन दिएको छ ।

बैयसअघि सिट बाँडफाँडको खाका तयार पार्न नसकेपछि कार्यदलले यो जिम्मेवारी शीर्षनेतालाई नै सुम्पेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्