आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना 

खबर बुक
  • ख-
  • ख+

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।

प्रदेश १, मधेश प्रदेश, बागमाती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही  बाँकि प्रदेशहरुमा आँशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भैरहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्